From : Kantipur Online
फोटो खिच्न एप्स, कुराकानी गर्न एप्स । हुँदाहुँदा मोबाइलमा ऐना हेर्न, कुनै ठाउँबारे जानकारी पाउन, जोक सुन्न, प्रेम गर्न सिक्न, लोडसेडिङ तालिका जान्न, रिचार्ज कार्ड किन्न, पैसा आदानप्रदान गर्न पनि एप्स । स्मार्टफोनमा हुने एप्सले हामीलाई हरेक काम सहज बनाइदिएका छन् ।
अब यसो भन्नुपर्ने भएको छ, के चाहिँ गर्दैन एप्सले ? स्मार्टफोनमा बढी चल्तीका एन्ड्रोइड (गुगल) र आईओएस (एप्पल) को प्रतिस्पर्धाले स्मार्ट मोबाइल प्रयोगकर्तालाई फाइदा पुगेको छ । एकले अर्कोलाई पछार्ने गरी उपयोगी एप्स विकास गर्दै तिनले आफ्ना स्टोर भरेका छन् । एप्पलले सन् २००८ मा एप स्टोर विकास गरेर आइफोन धनीलाई गुन लगाएको थियो । यसले स्मार्टफोन प्रयोगकर्तालाई छुट्टै प्रकारको संसारमा विचरण गराएको थियो त्यतिबेला । त्यसको सिको गर्दै गुगल, माइक्रोसफ्ट र ब्ल्याकबेरीले आफ्नै अपरेटिङ सिस्टम प्लेटर्फम निर्माण गरे । र, सँगै आफ्नो एप्स स्टोरको पनि सुरुआत गरे ।
एन्ड्रोइड प्लेट र्फमको प्ले स्टोरमा सेप्टेम्बरको पहिलो सातासम्म १० लाख वटाभन्दा बढी एप्स जम्मा भएका छन् । सबैभन्दा बढी एप्स भएको यस स्टोरबाट ५० अर्बभन्दा बढी पटक एप्स डाउनलोड भएका छन् । गुगल इन्कले मोबाइल सेट उत्पादकलाई निःशुल्क उपलब्ध गराउने भएकाले एन्ड्रोइड अपरेटिङ सिस्टम -ओएस) को प्रयोग बढ्दो छ । जुनसुकै मोबाइल सेट उत्पादकले यसलाई आफ्नो अनुकूलको बनाएर प्रयोग गर्न पाउँछन् । यसलाई लोकपि्रयताको शिखरमा पुर्याउन मोबाइल बजारमा नम्बर एक खेलाडी रहेको सामसुङले सघाएको छ । त्यसपछि एलजी, मोटोरोला, एचटीसी, सोनीलगायतले यसको प्रयोग गर्दै आएका छन् । सस्ता चिनियाँ सेटले समेत एन्ड्रोइड प्रयोग गर्ने भएकाले धेरैका हातमा यही प्लेटर्फम छ । बढी प्रयोगकर्ता भएपछि यस प्लेटर्फमका एप्स र डाउनलोड संख्या बढ्नु स्वाभाविक हो ।
एप्पलको स्टोर एप्सको संख्याका आधारमा केही समययता एन्ड्रोइडभन्दा पछाडि परेको छ । एप्स स्टोरमा ९ लाखभन्दा बढी एप्स रहेको विकिपिडियाको दाबी छ । यसका एप्स पनि ५० अर्बभन्दा बढी पटक डाउनलोड भएका छन् । यसका एप्स आइफोन/आइप्याडमा प्रयोगमा आउँछन् । एप्पल आफैंले विकास गरेको ओएस आफ्नै डिभाइसमा मात्र प्रयोग गर्ने भएकाले उसले एप्स उत्पादनमा पनि ठूलो धनराशि खर्च गरेको छ ।
विस्तारै बजार लिन थालेको विन्डोज ओएसको विकासकर्ता माइक्रोसफ्टको विन्डोज स्टोरमा १ लाख ६० हजारभन्दा बढी एप्स छन् । विन्डोज ओएस प्रयोग मुख्यतः नोकियाले आफ्ना स्मार्टफोनमा प्रयोग गर्दै आएको छ । एचटीसी, सामसुङ, हुवेईले पनि आफ्ना केही उत्पादनमा यसको प्रयोग गरेका छन् । विन्डोज स्टोरमा एप्सको संख्या बढाउन नोकियासमेत लागिपरेको छ ।
रिसर्च इन मोसन (रिम) को उत्पादन ब्ल्याकबेरीको एप्स स्टोर ब्ल्याकबेरी वल्र्डमा १ लाख २० हजार वटाभन्दा बढी एप्स रहेको कम्पनीले गत मेमा आयोजित लाइभ कन्फरेन्समा घोषणा गरेको थियो । यस अवधिमा यसका एप्स ३ अर्बभन्दा बढी पटक ब्ल्याकबेरी मोबाइलमा डाउनलोड भएका छन् । प्रतिएप्स आम्दानी गर्नेमा ब्ल्याकबेरीले धेरै कमाउने एप्पल (एप्स स्टोर) र गुगल (प्ले) लाई समेत पछारेको छ । उसको आम्दानी प्रतिएप्स ९ हजार १ सय ६६ डलर -करिब ९ लाख ७१ हजार रुपैयाँ) छ । जबकि एप्पलले ६ हजार ४ सय ८० डलर र गुगलले १ हजार २ सय डलर प्रतिएप्स कमाउँछन् ।
एन्ड्रोइड प्लेटर्फममा अहिलेसम्म गुगलले डेभलप गरेका एप्स क्रमशः गुगल प्ले सर्भिस, म्याप्स, जिमेल, यु ट्युब र फेसबुकले विकास गरेको फेसबुक एप्स सबैभन्दा बढी पटक डाउनलोड भएका छन् । यी सबै एप्स ५० करोडभन्दा बढी पटक डाउनलोड भएका छन् । त्यस्तै १० करोडभन्दा बढी पटक डाउनलोड भएका एन्ड्रोइड एप्समा वाट्सएप मेसेन्जर, एन्ग्री बर्ड, गुगलको क्रोम ब्राउजर, स्काइप, टि्वटर, एडोब फ्ल्यास प्लेयर, फेसबुक मेसेन्जर, फ्रुट निन्जा फ्रि, स्टि्रट भ्युलगायत छन् ।
त्यसो त एन्ड्रोइडका अधिकांश एप्स सित्तैमा डाउनलोड गर्न पाइन्छ । केहीको भने पैसा तिर्नुपर्छ । एन्ड्रोइड प्लेटर्फमको महँगो एप्समा गट क्यास ?, नामैले चिनिने द एक्सपेन्सिभ प्ले एप्प, भुभुजेला वल्र्ड कप हर्न प्लस, एनएसडब्ल्यु ट्राफिक, गोइङ ब्याक टु स्कुल टु प्रत्येकको २ सय डलर -करिब २१ हजार रुपैयाँ) पर्छ । त्यस्तै अरू महँगा एप्समा एमबीई पि्रपरेसन-इबार रिभ्यु (१९९ डलर), मेडिसिन सेन्ट्रल (१५९.९५ डलर) लगायत छन् ।
आईओएस प्लेटर्फममा एप्स स्टोरबाट पेड एप्समा एन्ग्री बर्ड, डुडल जम्प, फ्रुट निन्जा, एन्ग्री बर्ड सिजन, कट द रोप, टनेल्न रेडियो प्रो, मोनोपोली, एगि्रबर्ड रियो, फ्याट बुथ, फ्लाइट कन्ट्रोललगायत सबैभन्दा बढी डाउनलोड भएका छन् । यस्तै फ्री एप्समा फेसबुक, स्काइप, इबे, गुगल अर्थ, गुगल सर्च, टि्वटर, पेपर टस, बम्प, बीबीसी न्युज, साजामलगायतका बढी डाउनलोड भएका छन् ।
एप्स स्टोरमा १ हजार डलर (करिब १ लाख ६ हजार रुपैयाँ) सम्म पर्ने एप्स छन् । बार म्याक्स एप्पको क्यालिफोर्निया संस्करण, एप डट क्यास, एग्रो, अल्फा ट्रेडर्स, द अल्केमिस्ट एसएमएस, क्युएसएफएफ स्टेट्स, भीआईपी ब्ल्याक, इन्ट्यसन कन्ट्रोल सोलो लल्फभिजन, भ्युक्याड प्रो, मोविगागा एनडीआईको ९९९.९९ डलर पर्छ । त्यसपछिका महँगा एप्समा आईआरए प्रो (८९९.९९ डलर), एमएटीजी (४४९.९९ डलर), पीडीआर कोट (३४९.९९ डलर) छन् ।
ब्ल्याकबेरी वर्डबाट धेरै पेका हु, टि्वटरबेरी, युमेल, भिगोलगायतका एप्स डाउनलोड भएका छन् । त्यस्तै ह्वाट्स एप, पिकमिक्स, फेसबुक, ब्ल्याकबेरी मेसेन्जर, विच्याट पनि धेरै डाउनलोड हुने एप्स हुन् । विन्डोज स्टोरका फेसबुक, साउन्ड गिको, रनटास्टिक, ह्यान्डीस्क्यान, लोमोग्राम, रोवी, राप्सोडीलगायत उत्कृष्ट एप्स छन् ।
चल्तीमा रहेका एनड्रोइड, आईओएस विन्डोज, ब्ल्याकबेरीलागयतका प्लेटर्फममा गरी लाखौं एप्स छन् । ती सबै प्रयोगमा होलान् ? एक सर्वेक्षणअनुसार एप्प स्टोरमा रहेका दुई तिहाइ एप्स डाउनलोड हुँदैनन् । एप्पलले भने ९० प्रतिशत एप्स कमसेकम महिनामा एक पटक डाउनलोड हुने दाबी गरेको छ । एप्स ट्राकिङ गर्ने कम्पनी एडेबेनका अनुसार एप्स स्टोरमा रहेका ८ लाख ८८ हजार ८ सय ५६ एप्समध्ये ५ लाख ७९ हजार वटा एप्स डाउनलोड गर्न कसैले खोज्दैन । एक अर्को सर्वेक्षणअनुसार स्मार्टफोेन बोक्ने ६८ प्रतिशत व्यक्तिले सातामा पाँच वटा वा त्यसभन्दा थोरै एप्स डाउनलोड गर्छन् ।
एन्ड्रोइड प्लेटर्फममा अधिकांश एप्स डेभलपर आफैंले राख्छन् । त्यसमा एप्स राखेबापत उनीहरूले गुगलबाट कुनै पारिश्रमिक पाउँदैन । एप्पलले भने आफ्ना कतिपय एप्स डेभलपरलाई पे गर्छ । एप्पलको दाबीअनुसार उसले अहिलेसम्म एप्स डेभलपरलाई १० खर्ब रुपैयाँ (अहिलेको डलरको मूल्यअनुसार) भन्दा बढी भुक्तानी गरिसकेको छ ।
प्रकाशित मिति: २०७० भाद्र २६ १०:००
Really Sir.
ReplyDelete