Saturday, September 28, 2013

E Teacher Training

I have been a nominee for the Fall 2013 ‘Building Teaching Skills Through the Interactive Web’ (Web Skills) course, made possible by a scholarship from the U.S. Department of State as part of the E-Teacher Scholarship Program. The 10-week course will be offered through the University of Oregon, Linguistics Department, American English Institute (UO AEI):

I am feeling with excitement and awaiting  the days to arrive for the opportunity of totally new experience.I'd try to make  this opportunity to build my skill development and help to create better learning situations in my classes. I'd like to acknowledge  University of Oregon, American English Institute e Learning, EFL Teacher Training program and RELLO Kathmandu .

Friday, September 27, 2013

एप्सको संसार

From : Kantipur Online
फोटो खिच्न एप्स, कुराकानी गर्न एप्स । हुँदाहुँदा मोबाइलमा ऐना हेर्न, कुनै ठाउँबारे जानकारी पाउन, जोक सुन्न, प्रेम गर्न सिक्न, लोडसेडिङ तालिका जान्न, रिचार्ज कार्ड किन्न, पैसा आदानप्रदान गर्न पनि एप्स । स्मार्टफोनमा हुने एप्सले हामीलाई हरेक काम सहज बनाइदिएका छन् ।
अब यसो भन्नुपर्ने भएको छ, के चाहिँ गर्दैन एप्सले ? स्मार्टफोनमा बढी चल्तीका एन्ड्रोइड (गुगल) र आईओएस (एप्पल) को प्रतिस्पर्धाले स्मार्ट मोबाइल प्रयोगकर्तालाई फाइदा पुगेको छ । एकले अर्कोलाई पछार्ने गरी उपयोगी एप्स विकास गर्दै तिनले आफ्ना स्टोर भरेका छन् । एप्पलले सन् २००८ मा एप स्टोर विकास गरेर आइफोन धनीलाई गुन लगाएको थियो । यसले स्मार्टफोन प्रयोगकर्तालाई छुट्टै प्रकारको संसारमा विचरण गराएको थियो त्यतिबेला । त्यसको सिको गर्दै गुगल, माइक्रोसफ्ट र ब्ल्याकबेरीले आफ्नै अपरेटिङ सिस्टम प्लेटर्फम निर्माण गरे । र, सँगै आफ्नो एप्स स्टोरको पनि सुरुआत गरे ।
एन्ड्रोइड प्लेट र्फमको प्ले स्टोरमा सेप्टेम्बरको पहिलो सातासम्म १० लाख वटाभन्दा बढी एप्स जम्मा भएका छन् । सबैभन्दा बढी एप्स भएको यस स्टोरबाट ५० अर्बभन्दा बढी पटक एप्स डाउनलोड भएका छन् । गुगल इन्कले मोबाइल सेट उत्पादकलाई निःशुल्क उपलब्ध गराउने भएकाले एन्ड्रोइड अपरेटिङ सिस्टम -ओएस) को प्रयोग बढ्दो छ । जुनसुकै मोबाइल सेट उत्पादकले यसलाई आफ्नो अनुकूलको बनाएर प्रयोग गर्न पाउँछन् । यसलाई लोकपि्रयताको शिखरमा पुर्‍याउन मोबाइल बजारमा नम्बर एक खेलाडी रहेको सामसुङले सघाएको छ । त्यसपछि एलजी, मोटोरोला, एचटीसी, सोनीलगायतले यसको प्रयोग गर्दै आएका छन् । सस्ता चिनियाँ सेटले समेत एन्ड्रोइड प्रयोग गर्ने भएकाले धेरैका हातमा यही प्लेटर्फम छ । बढी प्रयोगकर्ता भएपछि यस प्लेटर्फमका एप्स र डाउनलोड संख्या बढ्नु स्वाभाविक हो ।
एप्पलको स्टोर एप्सको संख्याका आधारमा केही समययता एन्ड्रोइडभन्दा पछाडि परेको छ । एप्स स्टोरमा ९ लाखभन्दा बढी एप्स रहेको विकिपिडियाको दाबी छ । यसका एप्स पनि ५० अर्बभन्दा बढी पटक डाउनलोड भएका छन् । यसका एप्स आइफोन/आइप्याडमा प्रयोगमा आउँछन् । एप्पल आफैंले विकास गरेको ओएस आफ्नै डिभाइसमा मात्र प्रयोग गर्ने भएकाले उसले एप्स उत्पादनमा पनि ठूलो धनराशि खर्च गरेको छ ।
विस्तारै बजार लिन थालेको विन्डोज ओएसको विकासकर्ता माइक्रोसफ्टको विन्डोज स्टोरमा १ लाख ६० हजारभन्दा बढी एप्स छन् । विन्डोज ओएस प्रयोग मुख्यतः नोकियाले आफ्ना स्मार्टफोनमा प्रयोग गर्दै आएको छ । एचटीसी, सामसुङ, हुवेईले पनि आफ्ना केही उत्पादनमा यसको प्रयोग गरेका छन् । विन्डोज स्टोरमा एप्सको संख्या बढाउन नोकियासमेत लागिपरेको छ ।
रिसर्च इन मोसन (रिम) को उत्पादन ब्ल्याकबेरीको एप्स स्टोर ब्ल्याकबेरी वल्र्डमा १ लाख २० हजार वटाभन्दा बढी एप्स रहेको कम्पनीले गत मेमा आयोजित लाइभ कन्फरेन्समा घोषणा गरेको थियो । यस अवधिमा यसका एप्स ३ अर्बभन्दा बढी पटक ब्ल्याकबेरी मोबाइलमा डाउनलोड भएका छन् । प्रतिएप्स आम्दानी गर्नेमा ब्ल्याकबेरीले धेरै कमाउने एप्पल (एप्स स्टोर) र गुगल (प्ले) लाई समेत पछारेको छ । उसको आम्दानी प्रतिएप्स ९ हजार १ सय ६६ डलर -करिब ९ लाख ७१ हजार रुपैयाँ)  छ । जबकि एप्पलले ६ हजार ४ सय ८० डलर र गुगलले १ हजार २ सय डलर प्रतिएप्स कमाउँछन् ।
एन्ड्रोइड प्लेटर्फममा अहिलेसम्म गुगलले डेभलप गरेका एप्स क्रमशः गुगल प्ले सर्भिस, म्याप्स, जिमेल, यु ट्युब र फेसबुकले विकास गरेको फेसबुक एप्स सबैभन्दा बढी पटक डाउनलोड भएका छन् । यी सबै एप्स ५० करोडभन्दा बढी पटक डाउनलोड भएका छन् । त्यस्तै १० करोडभन्दा बढी पटक डाउनलोड भएका एन्ड्रोइड एप्समा वाट्सएप मेसेन्जर, एन्ग्री बर्ड, गुगलको क्रोम ब्राउजर, स्काइप, टि्वटर, एडोब फ्ल्यास प्लेयर, फेसबुक मेसेन्जर, फ्रुट निन्जा फ्रि, स्टि्रट भ्युलगायत छन् ।
त्यसो त एन्ड्रोइडका अधिकांश एप्स सित्तैमा डाउनलोड गर्न पाइन्छ । केहीको भने पैसा तिर्नुपर्छ । एन्ड्रोइड प्लेटर्फमको महँगो एप्समा गट क्यास ?, नामैले चिनिने द एक्सपेन्सिभ प्ले एप्प, भुभुजेला वल्र्ड कप हर्न प्लस, एनएसडब्ल्यु ट्राफिक, गोइङ ब्याक टु स्कुल टु प्रत्येकको २ सय डलर -करिब २१ हजार रुपैयाँ) पर्छ । त्यस्तै अरू महँगा एप्समा  एमबीई पि्रपरेसन-इबार रिभ्यु (१९९ डलर), मेडिसिन सेन्ट्रल (१५९.९५ डलर) लगायत छन् ।  
आईओएस प्लेटर्फममा एप्स स्टोरबाट पेड एप्समा एन्ग्री बर्ड, डुडल जम्प, फ्रुट निन्जा, एन्ग्री बर्ड सिजन, कट द रोप, टनेल्न रेडियो प्रो, मोनोपोली, एगि्रबर्ड रियो, फ्याट बुथ, फ्लाइट कन्ट्रोललगायत सबैभन्दा बढी डाउनलोड भएका छन् । यस्तै फ्री एप्समा फेसबुक, स्काइप, इबे, गुगल अर्थ, गुगल सर्च, टि्वटर, पेपर टस, बम्प, बीबीसी न्युज, साजामलगायतका बढी डाउनलोड भएका छन् ।
एप्स स्टोरमा १ हजार डलर (करिब १ लाख ६ हजार रुपैयाँ) सम्म पर्ने एप्स छन् । बार म्याक्स एप्पको क्यालिफोर्निया संस्करण, एप डट क्यास, एग्रो, अल्फा ट्रेडर्स, द अल्केमिस्ट एसएमएस, क्युएसएफएफ स्टेट्स, भीआईपी ब्ल्याक, इन्ट्यसन कन्ट्रोल सोलो लल्फभिजन, भ्युक्याड प्रो, मोविगागा एनडीआईको ९९९.९९ डलर पर्छ । त्यसपछिका महँगा एप्समा आईआरए प्रो (८९९.९९ डलर), एमएटीजी (४४९.९९ डलर), पीडीआर कोट (३४९.९९ डलर) छन् ।
ब्ल्याकबेरी वर्डबाट धेरै पेका हु, टि्वटरबेरी, युमेल, भिगोलगायतका एप्स डाउनलोड भएका छन् । त्यस्तै ह्वाट्स एप, पिकमिक्स, फेसबुक, ब्ल्याकबेरी मेसेन्जर, विच्याट पनि धेरै डाउनलोड हुने एप्स हुन् । विन्डोज स्टोरका फेसबुक, साउन्ड गिको, रनटास्टिक, ह्यान्डीस्क्यान, लोमोग्राम, रोवी, राप्सोडीलगायत उत्कृष्ट एप्स छन् ।  
चल्तीमा रहेका एनड्रोइड, आईओएस विन्डोज, ब्ल्याकबेरीलागयतका प्लेटर्फममा गरी लाखौं एप्स छन् । ती सबै प्रयोगमा होलान् ? एक सर्वेक्षणअनुसार एप्प स्टोरमा रहेका दुई तिहाइ एप्स डाउनलोड हुँदैनन् । एप्पलले भने ९० प्रतिशत एप्स कमसेकम महिनामा एक पटक डाउनलोड हुने दाबी गरेको छ । एप्स ट्राकिङ गर्ने कम्पनी एडेबेनका अनुसार एप्स स्टोरमा रहेका ८ लाख ८८ हजार ८ सय ५६ एप्समध्ये ५ लाख ७९ हजार वटा एप्स डाउनलोड गर्न कसैले खोज्दैन । एक अर्को सर्वेक्षणअनुसार स्मार्टफोेन बोक्ने ६८ प्रतिशत व्यक्तिले सातामा पाँच वटा वा त्यसभन्दा थोरै एप्स डाउनलोड गर्छन् ।
एन्ड्रोइड प्लेटर्फममा अधिकांश एप्स डेभलपर आफैंले राख्छन् । त्यसमा एप्स राखेबापत उनीहरूले गुगलबाट कुनै पारिश्रमिक पाउँदैन । एप्पलले भने आफ्ना कतिपय एप्स डेभलपरलाई पे गर्छ । एप्पलको दाबीअनुसार उसले अहिलेसम्म एप्स डेभलपरलाई १० खर्ब रुपैयाँ (अहिलेको डलरको मूल्यअनुसार) भन्दा बढी भुक्तानी गरिसकेको छ ।

प्रकाशित मिति: २०७० भाद्र २६ १०:००